धादिङमा भीरबाट लडेर एकको मृत्यु

धादिङ १७ मंसिर । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका एक स्थानीय मृत भेटिएका छन् । शुक्रबार बिहान वडा कार्यालय जान हिडेका ७० वर्षीय टेक बहादुर थापा गयराती भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको हो ।

रातीसम्म घर नपुगेपछी खोजी गर्ने क्रममा वडा नम्बर २ कै झ्यापुङ खोला नजिकै भिरबाट लडेको अवस्थामा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। थापाको शव अहिले पोस्टमार्टमको लागि धादिङ अस्पताल ल्याइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्