आईतबार धादिङका २० जनामा डेंगी संक्रमण

धादिङ,१८ मंसिर ।
धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका १६ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकाका १÷१ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै जिल्लामा साउन यता १ हजार ३५६ जना महिला र १ हजार १७३ जना पुरुष गरी २ हजार ५२९ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्