कोरोना अपडेट:थप २६४ जनामा कोरोना पुष्टि,२६० संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५६६ को कोरोना परिक्षणमा २६४ संक्रमित थपिदा २६० संक्रमित डिस्चार्ज भएका छन्।

देशभरका प्रयोगशालाबाट ८ हजार ५३६ जनाको पीसीआर गर्दा २४१ र ४ हजार ३० जनाको एन्टिजेन परिक्षणमा २३ गरी २६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै २१९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ९११ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ११ हजार २६५ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५८८ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्