जिल्ला स्तरीय भलिबल खेल उद्घाटन गर्न भोली खेलकुद मन्त्री ढकाल धादिङ आउदै

धादिङ ,२० मंसिर ।
भोलीदेखी धादिङबेसीमा सुरु हुने जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनको लागि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल धादिङ आउने आयोजकले जनाएको छ।नीलकण्ठ माध्यमिक विद्यालयको भवन अगाडी सन्चालन हुने खेलको उद्घाटन प्रदेश मन्त्री ढकालले गर्नुहुने भएको जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङले जानकारी दिनुभएको छ।

खेलको उद्घाटन अघि खेलडीहरुले पुछारबजारबाट मार्च पास गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ।जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा क्लब तथा संघ संस्थाहरुले पनि सहभागिता जनाउन पाउनेछन्।तर खेलाडी भने पालिका भित्रको मात्रै हुनुपर्ने प्रावधान रहेको छ।प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित टफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

द्धितीय हुने टिमले नगद ५० हजार ५ सय ५५ र तृतीय हुने टिमले २० हजार २ सय २२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। टिम दर्ताको लागि एक टिममा १२ जना मात्र हुनुपर्ने,१–१ जना टिम कोच र टिम म्यानेजर हुनुपर्ने,जिल्ला भित्रका खेलाडी मात्र सहभागी हुन पाउने,अनिवार्य अगाडी पछाडी जर्सिमा नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्