अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा भोलि रक्तदान कार्यक्रम हुँदै

धादिङ,२० मंसिर ।
अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा भोलि धादिङबेशीमा रुक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यामिक विद्यालयकोे आयोजनामा खल्ुला रक्तदान कार्यक्रम हुने भएको हो।

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा धादिङबेशी स्थित नीलकण्ठ मा.वि परिसरमा बिहान ७ बजेदेखी दिउँसो १२ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्