नीलकण्ठ मा.विमा भएको रक्तदान कार्यक्रममा ५३ जनाद्धारा रक्तदान

धादिङ,२१ मंसिर ।
अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा धादिङबेशीमा रुक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार धादिङ नीलकण्ठ मा.वि परिसरमा भएको रक्तदान कार्यक्रममा १९ जना महिला र ३४ जना पुरुष गरी ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यामिक विद्यालयकोे आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्