सुन चाँदीको मूल्य स्थिर

काठमाडौँ,२१ मंसिर ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ ।

यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्