गत आ.व मा २४ हजार ५३८ सवारी दुर्घटना, २८ सय ८३ को मृत्यु

काठमाडौँ,२२ मंसिर ।

आर्थिक वर्ष २०७८ /७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । 

आयोगको आ व ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार नेपालमा गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ । 

दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमीलगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्