जिल्ला स्तरीय पुरुष भलिबलको फाईनल खेलमा सिद्धलेक र खनियाबास भिड्ने

धादिङ,२३ मंसिर ।
धादिङमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधीको लागि सिद्धलेक गाउँपालिका र खनियाबास गाउँपालिका भिड्ने भएका छन् ।

जिल्ला भलिबल संघ धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा जारी प्रतियोगिताको आज भएको सेमिफाईनका खेलमा गंगाजमुनालाई हराउदै खनियाबास फाईनल प्रवेश गरेको हो भने रुवीभ्यालीलाई हराउदै सिद्धलेक फाइनलमा प्रवेश गरेको छ । फाईनल खेल दिउँसो २ बजे हुने छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने द्धितीय हुने टिमले नगद ५० हजार ५५५ पाउने छ । त्यस्तै तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्