सहकारीका सन्चालकहरुलाई क्षमता अभिवृद्धि तालिम

धादिङबेशी । सहकारी संस्थाका संचालकहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित २ दिने तालिम आज सम्पन्न भएको छ ।
श्रोत परिचालन र शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा श्रोत परिचालन र शिव ज्योती महिला साकोषका संचालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उप समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
तालिममा दोलखाको जनसचेतन साकोषका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्