प्रतिनिधिसभामा १८४ पुरुष र ९१ महिलाकाे प्रतिनिधित्व

काठमाडौँ,२८ मंसिर ।

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ । आयोगको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले नतिजा सार्वजनिक गरेको हो । 

सार्वजनिक नतिजाअनुसार प्रतिनिधिसभामा १८४ जना पुरुष र ९१ जना महिलाको प्रतिनिधित्व रहनेछ । २७५ सदस्य प्रतिनिधिसभामा पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । 

प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला २२५ र पुरुष २ हजार १८६ गरी २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार १८७ र पुरुष १ हजार १२ गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्