ख्रीष्टमसको अवसरमा धादिङबेशीमा शुभकामना आदान प्रदान

धादिङ,१ पुस ।
ख्रीष्टमसको अवसरमा धादिङबेशीमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाईएको छ । ख्रीष्टमस तथा अंग्रेजी वर्ष २०२३ शुभारम्भको अवसरमा शुभकामना आदानप्रदान गरीएको हो ।
नीलकण्ठ नगरपालिका ईसाइ समाजका अध्यक्ष टेक बहादुर तामाङको अध्यक्षतामा सम्पन्म्न भएका कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्द लम्साल,निलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको विशेष अतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमला,वडा अध्यक्ष,विभिन्न संघ संस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शुभकामना आदान प्रदान कायृक्रममा धादिङ ईसाइ समाजका अध्यक्ष लेख बहादुर तामाङले क्रिस्चियन धर्मलाई सरकारले अन्य धर्मालम्बीहरु भन्दा फरक व्यवहार गरेको गुनासो गर्नुभएको थियो।भाषणमा भन्दा पनि काममा स्थानीय तहले काम गर्नुपर्ने भन्दै उहाँले संस्थागत निर्णय गरी सहयोग गर्नको लागि आग्रह गर्नुभयो । कार्यक्रममा नीलकण्ठ नगरपालिका इसाई समाजले नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मालाई ४ बुदे मज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा क्रिसमस डे डिसेम्बर २५ तारिखका दिन हरेक वर्ष सार्वजानिक विदा दिनुपर्ने, इसाईहरुको पार्थिव शरिर आफ्नो धार्मिक विधि अनुसार दफन गर्नलाई जग्गाको व्यवस्था गर्नुपर्ने, नगरपालिका अन्तर्गत चर्च भवनहरुको विकासमा वजेट विनियोजन गर्नुपर्ने ,क्रिसमस डेमा सबै शैक्षिक संस्थाको परीक्षा सञ्चालन कम्तीमा एक हप्ता अगाडी वा पछाडि गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्