न्यु किबो बोर्डिङ स्कुलमा किबो कबड्डी च्याम्पियनसिप

धादिङ । धादिङबेसी स्थित पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ स्कुलले किवो कबड्डी च्याम्पियनसिप २०७९ सम्पन्न गरेको छ । बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरर्गत शुक्रबार किवो कबड्डी च्याम्पियनसिप प्रतियोगिता सम्पन्न गरिएको हो ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको सहभागीतामा भएको कबड्डी प्रतियोगीतामा सदनात्मक रुपमा जम्मा ८ टिम सहभागी भएका थिए । प्रतियोगिताको छात्र तर्फ ग्रीन हाउसका (हरियो सदन) विरुद्ध ९३ स्कोर प्राप्त गरि रेड हाउस (रातो सदन) च्याम्पियन भएको छ भने छात्रा तर्फ ग्रीन हाउस (हरियो सदन) विरुद्ध ५३ स्कोर प्राप्त गरि रेड हाउस (रातो सदन) च्याम्पियन भएको थियो । जिल्ला खेलकुद बिकास समिती धादिङका अध्यक्ष तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कबड्डी क्लब धादिङका अध्यक्ष रत्नेश यादब, सचीव श्री कृष्ण रिजाल लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्