नीलकण्ठका थप ४ जनामा डेंगी संक्रमण

धादिङ,०४ पौष ।
नीलकण्ठ नगरपालिकाका थप ४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय धादिङका अनुसार सोमबार ३ जना महिला र एक जना पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म १६ सय ६९ जना पुरुष र ११ सय ८५ जना महिला गरी २ हजार ५ सय ५४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिकाका १६०१, बेनीघाट रोराङ १३९, गजुरी १३२, सिद्धलेक ८८, त्रिपुरासुन्दरी ८१ जना संक्रमित रहेको छन्।

यस्तै ज्वालमुखी ७९, गंगाजमुना ३४, थाक्रे १८, नेत्रावती डबजोङ १५, धुनिबेशी १४, रुवीभ्यालीमा १४, खनियाबासमा ७ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्