धादिङ महोत्सव तयारी पुरा, भोलि २ बजे उद्घाटन हुदै

धादिङ। भोली देखि धादिङबशीमा हुने आठौँ धादिङ महोत्सवको तयारी पुरा भएको छ । बिहान १२ बजे पुछारबजार बाट झाँकी सहितले बजार परिक्रमा गरि दिउसो २ बजे महोत्सवको उद्घाटन हुने भएको छ ।

महोत्सवको उद्घघाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने भएका छन् । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुदैछ ।
उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्