धादिङमा मोतियाविन्दु भएका १२० जना बिरामीहरुको शल्यक्रिया

धादिङ,०९ पौष ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा १२० जना मोतियाविन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाविन्दु भेटिएकाहरुको बिहिबार, शुक्रबार र शनिबार शल्यक्रिया गरिएको हो ।

बिहिबार २० जना, शुक्रबार ६४ जना र शनिबार ३६ जना गरी १२० जनाकाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्