सर्वदलीय बैठकबाट बाहिरिदैँ लिङ्देनले भने- सरकारलाई समर्थन गर्छाैँ

काठमाडौँ,११ पौष ।

संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् । उनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताए । 

यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज साँझा ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ । 

सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्