माओ–त्सेतुङ्गको जन्मजयन्तिको अवसरमा धादिङमा अन्तरक्रिया

धादिङ । नेकपा माओवादी केन्द्र धादिङले माओ–त्सेतुङ्गको १३० औ जन्मजयन्ति मनाएको छ । पार्टी कार्यालय धादिङबेशीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै जन्मजयन्ति मनाएको हो ।

नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सह सचिव बिजय बुर्लाकोटीको बिशेष आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सह सचिव बिजय बुर्लाकोटीले बिभिन्न चरण पार गर्दै आएको प्राप्त उपलब्धिमा माओ–त्सेतुङ्गलाई बिर्सन नहुने बताउनु भएको छ । उहाँले माओ–त्सेतुङ्गको जन्मजयन्तिकै अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्रिमा नियुक्ति हुनुभएकोमा बधाई ज्ञापन गर्दैे शुभकामना समेत ब्यक्त गरेका थिए ।

सोहि अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि राम बहादुर भण्डारीले ब्यवस्था परिवर्तनका लागी बेला बेलामा कार्यगत एकता गरेको भन्दै हाम्रो बिचार र राजनिति भनेकै माक्सवाद लेलिनबाद माओवादकै पथ पदप्रदर्शक भएकाले आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताउनु भएको छ । उहाँले फरक प्रसङ्गमा अरु पार्टी भन्दा आफ्नो पार्टी अब्बल रहेको समेत बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्