धादिङमा सप्ताहव्यापी रुपमा दशौं राष्ट्रिय पोल्ट्री दिवस मनाइदै

धादिङ/ दशौं राष्ट्रिय पोल्ट्री दिवस २०७९ को सप्ताहव्यापी कार्यक्रम धादिङमा शुरु भएको छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रम सहित अण्डा खुवाउने कार्यक्रम राखी धादिङमा पोल्ट्री दिवसलाई औपचारिक रुपमा सुरुवात गरेको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले पोल्ट्रीको सप्ताहव्यापी कार्यक्रमले अण्डा तथा मासुको उपभोग बढ्ने विश्वास व्यक्त गर्नुभयो । पुस १२ गते स्थानीय तह तथा पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् नीलकण्ठ नगरपालिका वडा नं.७ को कणेंश्वर माविमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रम सहित अण्डा खुवाउने कार्यक्रम आयोजना गर्ने, पुस १३ गते धादिङ अस्पताल,स्वास्थ्य चौकीमा गर्भवती महिला, बालआश्रम लगायत स्थानीय तहको समन्वयमा कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण कार्यक्रम आयोजना गर्ने, नेपाल भेटेरिनरी एशोसियसनको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुस १४ गते पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम, पुस १५ गते पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने, १६ गते श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण गर्ने र पुस १७ गते पोल्ट्रीजन्य पदार्थको उपभोग सम्बन्धी सचेतना सहित समापन कार्यक्रम आयोजना गर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका डा.सन्दिप सिलवालले जानकारी दिनुभयो ।

बागमती प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कुल मासु तथा अण्डा उत्पादनमा क्रमश करिब २२ र ६० प्रतिशत योगदान दिदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका डा. सिलवालले बताउनुभयो । धादिङमा पौष १७ गतेसम्म पोल्ट्री दिवस पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्