धादिङमा आजदेखि जिल्ला सहकारी बजार संचालनमा

धादिङ,१४ पौष ।
धादिङ जिल्लामा पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आएको छ । किसानले उत्पादन गरेका फलफूल, तरकारी र दूधजन्य वस्तुको विक्री मूल्य र उपभोक्ताले उपभोग गर्ने मूल्य बिचको अन्तर कम गराउन सहकारी बजार संचालनमा ल्याएको हो ।

धादिङको १३ वटै पालिकाभित्र उत्पादन भएको फलफूल, तरकारी र दूधजन्य वस्तुको जिल्ला सहकारी बजारबाट बिक्रि गरिनुको साथै अन्य ठाउँमा पनि बजारिकरणको लागि सहजीकरण गर्ने योजना रहेको धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो ।

धादिङको विभिन्न पालिकाको ठाउँ विशेष उत्पादनहरुको चिनारी दिनुको साथै बजारिकरण गर्ने लक्ष्यको साथ जिल्ला सहकारी बजारको प्रारम्भ गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले जिल्ला सहकारी बजारको उद्घाटन गर्दै सहकारी बजार संचालनले कृषक र उपभोक्ताबीच विचौलियाको अन्त्य हुनुको साथै कृषकको आयस्तरमा पनि बृद्धि हुने हुँदा यसको निरन्तर संचालन भने गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्