वाग्मती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय

हेटौँडा, २६ पुस ।
वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गरेसँगै मन्त्रालय सङ्ख्या घटाउने निर्णय गर्नुभएको छ । उहाँले आज प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको सङ्ख्या कटौती गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गर्नुभएको हो । कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले आम जनगुनासोलाई सम्बोधन गर्न प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने निर्णय गरिएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्