बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित

धादिङ,२९ पौष ।
बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत प्राप्त गर्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सिर्जना सैजुले तीन मत प्राप्त गर्नुभएको थियो । बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित रहनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्