भारतमा थप दुई खोप र एक एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको अनुमति

भारत सरकारले कोभिड–१९ का थप दुई खोप र एउटा एन्टीभाइरल औषधिलाई आपत्कालीन प्रयोगको लागी अनुमति दिएको छ।

भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डाभियाले कोर्बेभ्याक्स र कोभोभ्याक्स कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएका सामाजकि सञ्जाल मार्फत बताउनु भएको हो ।

साथै एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई समेत अनुमति दिएको छ । यसै महिना अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिएको एन्टिभाइरल औषधि मोल्नुपिराभिरलाई सिधै सेवन गर्न सकिन्छ ।

अमेरिकामै विकास भएको कोभोभ्याक्स खोप नानो पार्टिकलमा आधारित खोप हो जसलाई पुनेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्