चौँथो खड्गदेवी साँस्कृति उत्सवको अवसरमा भोलि रक्तदान कार्यक्रम हुँदै

धादिङ,३० पौष ।
चौँथो खड्गदेवी साँस्कृति उत्सवको अवसरमा भोलि आईतबार बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाल रेडक्रस सोसाईटी मैदी उप– शाखा धादिङको आयोजना तथा ज्वालामुखी गाउँपालिका वडा नं ३ को सह आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो ।

खड्गदेवी मन्दिर परिसरमा बिहान ८ बजेदेखी दिउसो ३ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाएको छ । कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्