मार्पाक प्रिमियर लिगको हरेक सस्करणको प्रायोजन राजराम रिजालले गर्ने

धादिङ,०३ माघ ।
मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियोगिताको अब हुने हरेक सस्करणको प्रायोजन युवा समाजसेवी राजराम रिजालले गर्नुहुने भएको छ।

धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका, साबिक मार्पाक गा. बि. स. को नामबाट काठमाण्डौमा जारी मार्पाक प्रिमियर लिग (MPL) नामक फुटसल प्रतियोगिताको पुस ३० गते सम्पन्न छैटौ सस्करणको पुरस्कार बितरण कार्यक्रमको प्रमुख अतिथी युवा समासेवी राजाराम रिजालले उक्त कुरा बताउनुभएको हो ।

जम्मा ६ वटा टिम सहभागी उक्त प्रतियोगिताको बिजेता टिम थला बन्न सफल भएको थियो भने बिजेता टिमले नगद, ट्रफि र मेडल प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा मार्पाक सामुदायिक क्लबका अध्यक्ष सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

युवा समाजसेवी राजाराम रिजालले प्रयोजन गर्ने भएपछि मार्पाक प्रिमियर लिगको सातौ सस्करणबाट हरेक महिना लिग गरिने फुटसल लिग संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्