नवनियुक्त पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ

काठमाडौँ,०४ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँलाई प्रधानमन्त्री दाहालले शपथ गराउनुभएको हो । मङ्गलबार राज्यमन्त्री नियुक्त हुनुभएका ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सक्नुभएको थिएन । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्