गंगाजमुनाका ४० वटा विद्यालयलाई ब्रोडब्याण्ड ईन्टरनेट सेवा सामाग्री वितरण

धादिङ, ०९ माघ ।
धादिङको गंगाजमुना गाउँपालिकाका ४० वटा आधारभुत विद्यालयलाई ब्रोडब्याण्ड ईन्टरनेट सेवा सामाग्री वितरण गरिएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा सूचना प्रविधि मैत्री बनाई शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्धेश्यले विद्यालयहरुलाई ब्रोडब्याण्ड ईन्टरनेट सेवा सामाग्री वितरण गरिएको हो।

शिक्षण सिकाइ प्रक्रियामा प्रविधिका साधनको प्रयोगबाट शिक्षकको शिक्षणलाई सहजीकरण गर्न तथा विद्यार्थीको सिकाइलाई दिगो बनाउन र समग्रमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन ईन्टरनेट सेवा सञ्चालन गरिएको सूचना प्रविधि अधिकृत एंव सूचना अधिकारी हेमन्त ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकाको समग्र शिक्षाकै गुणस्तर वृद्धि गर्न दुई वर्षसम्मको इन्टरनेटको खर्च गंगाजमुना गाउँपालिकाले भुक्तानी समेत गर्ने सूचना अधिकारी ढकालले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्