चिल्ड्रेनपार्क आवासीय माविको वार्षिक उत्सवको अवसरमा १०३ जनाले रक्तदान

धादिङ,१० माघ ।
चिल्ड्रेनपार्क आवसीय माध्यमिक विद्यालयको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा १०३ जनाले रक्तदान गरेका छन् ।

मंगलबार चिल्ड्रेनपाक भवन परिसरमा भएको रक्तदान कार्यक्रममा ६१ जना पुरुष र ४२ जना महिला गरी १ सय ३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल चिल्ड्रेनपार्क आवसीय मा.विको आयोजनामा भएको रक्तदान कार्यmममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्