राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल

धादिङ, १४ माघ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

शुक्रबार सर्वोच्च अदालतको आदेशबाट अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

हाल पार्टीका उपसभापतिसमेत रहनुभएका मन्त्री अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका नेता एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

कार्यवाहक सभापति बन्नुभएका अर्याल पार्टीका समानुपातिक सांसद हुनुहुन्छ । बैठकमा कानुनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको प्रवक्ता डा ढकालले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्