मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

धादिङ,१४ माघ ।
धादिङका विभिन्न स्थानमा भएको मोतियाविन्दु छनोट एकदिने आँखा शिविरमा ४ सय ८ जनाले आँखा जाँच गराएका छन् । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको संयुक्त आयोजना र स्थानिय निकार्यहरुको समन्वयमा शिविरमा आँखा जाँच गराएका हुन् ।

आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार मुरली भन्ज्याङ स्वास्थ्य चौकीमा ९३ जनाको आँखा जाँच गरिएकोमा ६ जनामा मोतियाविन्दु देखिएको छ भने ८ जनालाई कालो जस्मा वितरण गरिएको छ । बिहीबार कटुन्जे स्वास्थ्य चौकीमा १७ जनाले आँखा जाँच गराएका थिए । जस्मा १० जनामा मोतियाविन्दु देखिएको छ भने ६ जनालाई कालो चस्मा वितरण गरिएको छ ।

शुक्रबार निमारचोक सामुदायिक स्वास्थ्य इकाईमा ७३ जनाको आखाँ जाँच गरिएकोमा ३ जनामा मोतियाविन्दु देखिएको छ भने १० जनालाई कालो चस्मा वितरण गरिएको थियो । त्यसैगरी आज शनिबार ज्यामरुङ आयुर्वेद औषधालयमा १ सय ६७ जनाको आँखा जाँच गरिएकोमा ९ जनामा मोतियाविन्दु देखिएको र २५ जनालाई कालो चस्मा वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले बताउनुभयो ।

साथै माघ १५ गते आईतबार साङ्कोष स्वास्थ्य चौकीमा आँखा जाँच शिविर रहेको छ। शिविरहरुमा छनौट गरिएका मोतियाविन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा माघ १६ र १७ गते न्युनतम शुल्कमा अप्रेसन गरिने तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्