थाक्रे गाउँपालिका स्थित केवलपुरमा ५३ जनाले गरे रक्तदान

धादिङ,२० माघ ।
थाक्रे गाउँपालिका स्थित केवलपुरमा ५३ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी केवलपुर उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० जना पुरुष र १३ जना महिला गरी ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्