ज्वालामुखीका सामुदायिक स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम

धादिङ,२१ माघ ।
ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम शुक्रबारदेखि सुरु भएको छ । कोख देखि शोक सम्म ज्वालामूखी सरकार भन्ने नाराका साथ धादिङबेसीमा पाँच दिने स्वास्थ्य सहजकर्ताहरुको लागि सेवा प्रवेश तालिम शुरु भएको हो।

नागरीकका घरदैलोमा जनस्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ एक वडा एक स्वास्थ्यकर्मी कार्यक्रम अन्र्तगत सामुदायिक स्वास्थ्य सहजकर्ताहरुलाइ तालिम दिइएको हो ।

उपचारात्मक भन्दा पनि प्रतिकारात्म प्रर्वन्धानात्मक स्वास्थ्य सेवा पुर्याउने अभियानले ज्वालामूखी गाउँपालिकाले एक वडा एक स्वास्थ्यकर्मीको कार्यविवरण बनाएर स्वास्थ्यकर्मी परिचालन गरिने ज्वालामूखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रत्येक वडामा खटिएको स्वास्थ्यकर्मीले वडाको स्वास्थ्य सम्बन्धी आधाभूत तथ्यांक संकलन गर्ने, स्वास्थ्य आमा समूहको वैठक चलाउने, गाउँघर खोप क्लिनिकमा सहयोग गर्ने महिनाको एक पटक बच्चालाई अनिर्वाय रुपमा तौल लिने र त्यस अनुरुप पालिकाले आयोडिनयुक्त धूलो नुन दिने अभियानलाई सहयोग गर्ने भएको छ ।

ज्वालामूखी गाउँपालिकाको समुदाय स्तरमा संचालनमा रहेको विद्यालयहरुमा तीन च बन्द अभियान पनि संचालनमा रहेको छ । चाउचाउ चुइकम र चकलेट जस्ता पत्रु खानालाई घटाउने, घरघरमा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी पाँच वटा मुख्य व्यवहारको १५ वटा उपसूचकहरुमा त्यो पूरा भएको नभएको चाँज गरि पूरा भएको घरमा ग्रीन स्टिकर टाँस्ने अभियानमा पनि संचालन गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्