MGML कार्यक्रम सम्वन्धी अभिमुखीकरण तथा सुझाव संकलन कार्यक्रम ज्वालामुखीमा सम्पन्न

धादिङ,२३ माघ ।
गाउँपालिका भित्रको विद्यालयहरुमा शैक्षिक सुधार गर्ने उदेश्यले ज्वालामुखीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ज्वालामूखी गाउँपालिकाको पञ्च वर्षीय शिक्षा योजना निर्माण, स्थानीय पाठ्यक्रम निर्माण, विद्यालय समायोजन तथा दरबन्दी मिलान र MGML कार्यक्रम सम्वन्धी अभिमुखीकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको आयोजनामा शनिबारदेखि सुरु भएको अभिमुखीकरण तथा सुझाव संकलन कार्यक्रम आईतबार सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयमा पञ्चवर्षीय शिक्षा योजना बनाएर जाने, पाँच वर्ष भित्र विद्यालयलाइ कस्तो बनाउनेरु स्थानिय पाठ्यक्रमहरुमा कक्षा ९ १–८ ० सम्म कुन कुन विषय वस्तु राख्ने,विद्यालयहरुमा विद्यार्थी र शिक्षक संख्या व्यवस्थापनको लागि विद्यालय एकिकरण तथा शिक्षक थप्ने , एउटै कक्षा कोठामा १, २, ३ का विद्यार्थीलाई शिक्षा दिनको लागि शिक्षकलाई आवश्यक तालिम दिने लगायतका विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवकी सिंखडाले बताउनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले यस्ता कार्यक्रमहरुले विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नको लागि सहयोग पुग्ने बताउनुभएको छ ।उहाँले विद्यालयहरुमा आवश्यक शैक्षिक साम्रागी उपलब्ध गारउने र शिक्षकहरुलाई तालिम दिने समेत बताउनुभयो ।

कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्यहरु, राजनीतिक दल, पुर्व प्रधानाध्यापक, पुर्व स्रोत व्यक्ति, शिक्षा प्रेमी, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्