चितुवाको छालासहित धादिङबाट २ जना पक्राउ

धादिङ,०२ फागुन ।
चितुवाको छालासहित प्रहरी धादिङमा २ जनालाई पक्राउ गरेको छ । मकवानपुर गाउँपालिका–१ चापाखर्कका ३० वर्षीय दिपक मोत्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।

मकवानपुर कैलाश गाउँपालिका देखी थाक्रे गाउँपालिका –२ स्थित महादेव वेशीतर्फ आउने आग्रा मोरिया सडक खण्डबाट एक चितुवाको छालासहित उमीहरुलाई पक्राउ गरिएको हो ।

चितुवाको छाला कारोबार भैरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी धादिङ तथा मातहतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) मिश्रले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक(एसपी) मिश्रले जानकारी दिनुभयो ।

उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर चितुवाको सिंगो छालासहित सार्वजनिक गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्