नेत्रावतीमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सुरु, पहिलो दिन ११२ जनाले लिए सेवा

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउपालिकामा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको पहिलो दिन आज वडा न १ स्थित किन्ताङफेदीमा ५० जना र निमार्चोक ईकाईमा ६२ गरी कुल ११२ जनाले सेवा लिएका छन् ।

जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरर्गतको आज पहिलो दिनमा जांच गराउने क्रममा १५ जनाले उक्त रक्तचापको औषधी र ६ जनाले मधुमेहको औषधी खानुपर्ने देखिएको छ । नेत्रावती डवजोङ अस्पतालका मेडिकल अधिकृत डा. उत्तम थापा मगरको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण सेवा संचालन गरिरहेका छन् ।

कार्यक्रमलाई नेत्रावती डवजोङ गाउपालिका वडा न १ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता ठाकुर गुरुङले आफ्नो रक्तचापको मापन गरि शिविरको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दे वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता ठाकुर गुरुङले जेष्ठ नागरिकहरुलाई गाउँ गाउँको टोल टोलमा नै स्वास्थ्य सेवा लगाएतका अन्य सेवा दिईने प्रतिवद्धता अनुसार ११ औ गाउँसभाबाट जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई बजेट बिनियोजन गरि गाउपालिका तथा वडा भित्रका बिभिन्न बस्तिमा शिविर संचालन गरेको बताउनु भएको छ । उहाँले आफुहरुले लिएको प्रतिवद्धता अनुसारको कार्य सुचारु भएको समेत बताउनु भएको छ ।

त्यसेगरी नेत्रावती डवजोङ गाउपालिकाका सुचना अधिकारी तथा स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेलले आगामी दिनमा स्वास्थ विमा लगाएतको अन्य स्वास्थ्य सेवाहरु बिस्तार गर्दै लैजाने बताउनु भएको छ । उहाँले फागुन ५ गते नेत्रावती डवजोङ वडा न १ को निरन्जना मावि मार्पाकमा र वडा न २ को पोखरा ताङजा डाँडामा स्वास्थ्य शिविर संचालन हुने बताउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्