रेडक्रस धादिङको सभापतिमा दुर्लभ कुमार तामाङ निर्विरोध निर्वाचित

धादिङ,०९ फागुन ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको सभापतिमा दुर्लभ कुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको ३६ औँ बार्षिक साधारण सभा तथा १२ औँ जिल्ला अधिबेशनले तामाङको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनबाट महिला उपसभापतिमा अप्सरा सिंखडा, उप–सभापतिमा धु्रव बहादुर थापा, मन्त्रीमा नेम बहादुर श्रेष्ठ, कोषाध्यक्षमा नारायण कुमार श्रेष्ठ, उप—मन्त्रीमा मिम्बा तामाङ, उप–कोषाध्यक्षमा राजन सिंखडा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी महिला सदस्यहरुमा सिर्जना पाण्डे थापा, कमला खड्का, संगिता पाण्डे विसुराल रहनुभएको छ । खुल्ला सदस्यहरुमा जंग बहादुर तामाङ, नकुल बहादुर कार्की, कान्छा तामाङ, राजन रेग्मी (निशान), भिमकान्त सिलवाल, राजकुमार श्रेष्ठ र पवन थपलिया निर्विरोध निर्वाचित हुनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्