सन्दिप लामिछाने युएई प्रस्थान

क्रिकेटर सन्दिप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।

टिममा समावेश गर्न आइसीसीले अनुमति दिएसँगै घाइते स्पिनर मौसम ढकालको ठाउँमा सन्दीपलाई लगिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेका हुन् । 

क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्