आइसीसी लिग–२ : नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स ९यूएई०लाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाले । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए ।

यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक/एक विकेट लिए । यूएई केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्