नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन ८ गतेलाई स¥यो

धादिङ,०३ चैत ।
नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन ८ गतेलाई सारिएको छ । जिल्लाकै चर्चित नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन क्रियाशिल सबै विद्यार्थी संगठनहरुको सहमतिमा ५ गते बाट ८ गतेलाई सारिएको हो ।

त्रिविको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आजबाट मौन अवधि सुरु हुने र चैत ५ गते मतदान गर्नुपर्ने थियो । तर, नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्वाचन प्रकृयामा आपत्ति जनाउदै उम्मेदवारी दर्तापछि निर्वाचन प्रमुखको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीपछि नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनले प्रचारप्रसार पनि गरेका थिएनन् ।

अहिले प्रचार प्रसार गर्ने समयलाई समेत ध्यानमा राखेर निर्वाचनको मिति सारिएको विद्यार्थी नेताहरुले बताएका छन् । जिल्लाको अन्य क्याम्पसहरुमा भने निर्वारित मितिमा नै मतदान हुनेछ । नीलकण्ठको स्ववियु सभापतिमा नेवि संघबाट कविराज श्रेष्ठ, अनेरास्ववियुबाट आमोस थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल रहेका छन् ।

अनेरास्ववियु र प्रजातान्त्रिक विद्यार्थी संगठन तालमेल गरेर चुनावी मैदानमा जादै छन् भने अनेरास्ववियू (एस)ले नेवि संघसंग तालमेल गरेर प्रत्यक्ष तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्