२५६७ औं बुद्ध जयन्तीको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम हुँदै

धादिङ,१५ बैशाख ।
२५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख २२ गते खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोँज धी जिल्ला कार्यसमिति धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा रक्तदान कार्यक्रम हुने भएको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बैशाख २२ गते शुक्रबार छेन्पो गुम्बा तथा विहार नीलकण्ठ ३ जरेवरमा बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाएको छ।

कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्