रास्वपालाई सरकारका आउन प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।आज बिहान बालुवाटारमा सभापति लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तामा उहाँले सरकारमा आउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आए गठबन्धनका तर्फबाट सहजीकरण गर्ने समेत बताउनुभएको रास्वपाका नेताहरूले बताएका छन् । तर, सभापति लामिछानेले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिनुभएको रास्वपाका नेताहरूको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्