बुढीगण्डकीको बजेट रकमान्तर विरुद्ध युवासंघ धादिङको ध्यानाकर्षण

धादिङ । बहुप्रतिक्षित बुढीगण्डकी जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको बजेट रकमान्तर विरुद्ध राष्ट्रिय युवा संघ धादिङ र गोरखाले ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङमा राष्ट्रिय युवासंघ नेपाल धादिङले आईतबार बुढीगण्डकी आयोजनाको गरिएको रकमान्तर रोकेर आयोजनामा काम गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत उर्जा तथा जलस्रोत,सिचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी नदीमा निर्माण हुन लागेको १२ सय मेगावाट विद्युत आयोजनाको प्रभावित क्षेत्र भित्र पर्ने आवादी जग्गाको मुआब्जा वितरण गरि नसकेको, घरगोठ र वोटबिरुवाको मुआब्जा वितरणको अन्तिम चरणमा नेपाल सरकारले २०७९र८० को विनियोजित बजेट मध्ये १ अर्व रकम सुनकोसी मरिन डाईभर्सन बहुउद्धेश्यीय आयोजना ४० करोडरकम चितवनको नदी नियन्त्रण प्रयोजनको लागि रकमान्तर गरी बजेट कटौती गरेको विरोधमा राष्ट्रिय युवासंघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ ।

यसै गरि उक्त निर्णय तत्काल नेपाल सरकारले फिर्ता नलिगेमा राष्ट्रिय युवासंघ नेपाल धादिङले आन्दोलन गर्ने वाध्य हुने कुरा ध्यानाकर्षण पत्रमा जानकारी समेत गराइएको छ । यसैगरि सिउरीनिटार स्थित बुढीगण्डकी परियोजनाको कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवा संघ धादिङका सचिव हरिशरण जम्कट्टेलले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्