भारतबाट पेट्रोल र डिजलको मुल्य घटेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रूपैयाँभन्दा धेरै घटेर आएको छ । भारतिय आयल निगम (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ दशमलब ३३ रुपैयाँ र डिजल लिटरमा ४ दशमलब ११ रूपैयाँले मूल्य घटेर आएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । स्रोतका अनुसार निगमलाई अहिलेको मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रूपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ ।

मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ । अहिले भने भारतबाट मूल्य घटेर आएको र निगमलाई पनि नाफा बस्ने देखिएकाले केही रूपैयाँ मूल्य घटाउन सक्ने ठाउँ रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्