बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा भवानी प्रसाद पौड्याल निर्वाचित

धादिङ,२० बैशाख ।
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।आइतबार दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न भएको अधिवेशनले भवानी प्रसाद (बि पि)पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जुम भर्चुअलबाट उद्घाटन गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिको बरिस्ठ उपाध्यक्षमा काभ्रेका नवराज तिमिल्सिना,उपाध्यक्षमा चितवनका सागर सापकोटा, दोलखाका रेशम अधिकारी र महिला उपाध्यक्षमा सुस्मा थापा निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा मकवानपुरका सुरेश थिङ,सचिवमा सिन्धुपाल्चोकबाट ताराचन्द्र आचार्य, काभ्रेबाट सुमन चौलागाईं निर्वाचित हुनुभएको छ।

अधिवेशनले दोलखाकी जयन्ती शर्मा घिमिरेलाई कोषाध्यक्षमा चयन गरेको छ भने धादिङका पुर्ण बहादुर प्रधान सहकोषाध्यक्षमा चयन हुनुभएको छ ।बागमती प्रदेश अन्तरगतका प्रत्येक जिल्ला समितिबाट एकएक जना जिल्ला संयोजक कार्यसमिति सदस्य रहने बिधानको व्यवस्था अनुसार धादिङबाट अमर घले, काभ्रेबाट केशव मन लामा, दोलखाबाट कुन्जन थापा र रामेछापबाट पदम बहादुर थापामगर चुनिनुभएको छ।

अन्य जिल्लाहरुबाट नाम प्राप्त भएपछी सल्लाहकारहरु र बिधान बमोजिमको बाँकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ दक्षिण कोरियाबाट धादिङ समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष मनोज थापाले जानकारी दिनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्