धादिङको गणेशखोला पुलमा भ्वाङ प¥यो,धादिङको राजमार्ग पुन: अवरुद्ध

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुलमा भ्वाङ परेपछि धादिङको धाक्रे स्थितको पृथ्वी राजमार्ग पुन अवरुद्ध भएको छ ।

हिजो बिहान १० बजे देखि अस्थायी रुपमा संचालन गरी एकतर्फी सडक सुचारु गरेपनि आज पुन पुलमा समस्या आएपछि राजमार्ग अवरुद्ध भएको हो । बैशाख १८ गतेको बर्षातले पुल भासिएपछि राजमार्गमा आवागमन गर्ने यात्रुहरुले सास्ती बेहर्नु परेको छ ।

पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने गाडीले हेटौंडा काठमाण्डौ र काठमाण्डौ नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सक्नेछन् । धादिङ, नुवाकोट, र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौंडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । सडक सुचारु गर्न पुन तयारी थालिएकोे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्