क्यान महासंघ धादिङ शाखाद्धारा विरामीहरुलाई फलफूल वितरण

धादिङ,२२ बैशाख ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा धादिङद्धारा धादिङ अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ, धादिङ अस्पतालका निमित्त मेसु रुद्रमणि भण्डारी लगाएत स्वास्थ्य कर्मी तथा क्यान महासघ धादिङ शाखाका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ढिलै भएपनि धादिङ अस्पतालकामा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको क्यान नेपाल, धादिङका सचिव द्रोण प्रसाद दुवाडीले बताउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्