अखिल नेपाल किसान महासंघको धादिङको अध्यक्षमा विष्णुहरी लम्साल

धादिङ । अखिल नेपाल किसान महासंघको जिल्ला अध्यक्षमा विष्णुहरी लम्साललाई चयन भएका छन् । किसानमहासंघको महाधिवेशनले जिल्ला अध्यक्ष कमल गुरुङलाई केन्द्रीय सदस्यमा निर्वाचित गरिएपछि बसेको जिल्ला कमिटि बैठकले जिल्ला कमिटि पुर्नगठन गरी लम्साललाई अध्यक्षमा चयन गरिएको हो ।

नव गठित कमिटिको उपाध्यक्षमा रमेश नेपाल र रामजी आचार्य, सचिवमा बद्री इटनी, उपसचिवमा कुमारी गुरुङ र विनेश तामाङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई चयन गरिएको छ । महासंघका केन्द्रीय अध्यक्ष डा प्रेम दंगालको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

किसानमहासंघको कामलाई प्रभावकारी बनाउन १४ ओटा विषयगत समितिहरु समेत गठन गरिएको छ । महासंघको दुध उत्पादन किसान संघको संयोजकमा गणेश खतिवडा, जडिबुटी किसान संघको संयोजकमा धनबहादुर गुरुङ, पंछीपालक किसानसंघको संयोजकमा गौतम खतिवडा, पशुपालक किसान संघको संयोजकमा विष्णुप्रसाद सिलवाल, च्याउ उत्पादक किसान संघको संयोजकमा सुदन खतिवडा, सिंचाइ तथा जल उपभोक्ता किसान संघको संयोजकमा रमेशप्रसाद थपलिया, मसलाबाली किसान संघको संयोजकमा गणेश गीरी, महिला विकास किसान संघको संयोजकमा शुशिला बराम, खाद्य बाली किसान संघको संयोजकमा हुमकुमारी गुरुङ, फलफुल उत्पादक किसान संघको संयोजकमा डिलबहादुर सिरमल, युवा किसान संघको संयोजकमा राजु गन्द्रमा मगर, तरकारी बाली किसान संघको संयोजकमा प्रेम घलेलाई तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्