७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने सरकारको चेतावनी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न सङ्घीय कर्मचारी काज फिर्ता गरिएका कार्यालयमा रमाना भई नगएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयको परिपत्रमा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको रमाना लिने अवधि सकिएपछि साविकका कार्यालयबाट निजहरूको विदा स्वीकृत नगर्ने रमाना नलिएमा विभागीय सजायको प्रक्रिया सुरू हुने उल्लेख छ ।

रमाना भएर नजाने कर्मचारीलाई उपलव्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्ने समेत मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्