शिक्षक संघ धादिङको स्थापना दिवस क्यालेण्डर बिमोचन शौक्षिक सामाग्री बितरण

धादिङ,३० बैशाख ।
नेपाल शिक्षक संघ धादिङको ३४ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर बिमोचन गरिएको छ । गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्वाधार भने नाराका साथ आज एक कार्यक्रमका बिच संघले क्यालेन्डर बिमोचन गरेको हो ।

स्थापना दिवसकै अवसर पारेर शिक्षक संघ धादिङ र शिक्षक संघ स्थानिय कार्यसमिति निलकण्ठ नगरपालिकाको संयुतm आयोजनामा धादिङ अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा बौद्धिक अपाङगता भएका बालबालिकालाई शौक्षिक सामाग्री बितरण गरेको छ ।

नेपाल शिक्षक संघले शिक्षा क्षेत्रमा महत्वपुर्ण काम गर्नुका साथै यस्ता सामाजिक कार्यहरु गर्दैं आएको संघका अध्यक्ष देवी प्रसाद थपलियाले बताउनु भयो ।

नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवी प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघ धादिङ र नेपाल शिक्षक संघ स्थानिय कार्य समिति निलकण्ठ नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्