सुनको मूल्य बढ्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो ।             

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ रहेको छ ।              

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्